Monday, December 29, 2008

तिम्रै छेउमा राख़ प्रिय !!

तिम्रै छेउमा राख़ प्रिय टाढा हुने मन छैन
सासै फेर्न गारो हुन्छ अरु तिर पवन छैन

अंगालोमा तिमी हुदाँ ढुक्ढुकीले भानिरा' छ,
प्रणयमै बाँच्न पाऊ वियोगमा जीवन छैन

जति हेरूँ हेरूँ लाग्छ , तिमी झनै नौलो लाग्छ,
घाम जून संगै हुने अर्का यस्तो गगन छैन

मेरे मनको भावना तिमीले गाएजस्तो लाग्यो,
जब बोल्यौ माया जस्तो अर्का कुनै धन छैन ॥

Saturday, December 20, 2008

A Smilling Moments of Four Years ago!



I' m Guitar!?
Musician Lakshaman Shesh and Yam Budha ( me)

Monday, December 15, 2008

Keep Me In Your Eye!!

आज जस्तो देउता भोली नभईदिन सक्छु
हात समाई तिम्रो मन्दिर नगईदिन सक्छु

अल्झाईराख आखाँभरी स्नेहले यसैगरी,
टाढा भए बषौं-बर्ष नआईदिन सक्छु

अंगालोमा आई सुन हृदयका गीतहरु,
फेरी - फेरि तिम्रै माया नगाईदिन सक्छु

अन्न खान्छु तिम्रो देव, मान्छे म मान्छे,
नचढाऊ प्रेम प्रसाद नखाईदिन सक्छु

नसिकाऊ प्रिय मलाई दिलको मन्दिर ,
बस्न आँखा भए हुन्छ त्यहीँ रमाईदिन सक्छु ..

Tuesday, December 9, 2008

प्रिय साथिहरु! ल, म खाडी छिरे हैं !



शिक्षक भएँ, पत्रकार भएँ, बन्दूक पनि भिरे मैले,

केही लागेन यो देशमा अब खाड़ी छिरे मैले ।