Monday, December 29, 2008

तिम्रै छेउमा राख़ प्रिय !!

तिम्रै छेउमा राख़ प्रिय टाढा हुने मन छैन
सासै फेर्न गारो हुन्छ अरु तिर पवन छैन

अंगालोमा तिमी हुदाँ ढुक्ढुकीले भानिरा' छ,
प्रणयमै बाँच्न पाऊ वियोगमा जीवन छैन

जति हेरूँ हेरूँ लाग्छ , तिमी झनै नौलो लाग्छ,
घाम जून संगै हुने अर्का यस्तो गगन छैन

मेरे मनको भावना तिमीले गाएजस्तो लाग्यो,
जब बोल्यौ माया जस्तो अर्का कुनै धन छैन ॥

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home