Monday, December 15, 2008

Keep Me In Your Eye!!

आज जस्तो देउता भोली नभईदिन सक्छु
हात समाई तिम्रो मन्दिर नगईदिन सक्छु

अल्झाईराख आखाँभरी स्नेहले यसैगरी,
टाढा भए बषौं-बर्ष नआईदिन सक्छु

अंगालोमा आई सुन हृदयका गीतहरु,
फेरी - फेरि तिम्रै माया नगाईदिन सक्छु

अन्न खान्छु तिम्रो देव, मान्छे म मान्छे,
नचढाऊ प्रेम प्रसाद नखाईदिन सक्छु

नसिकाऊ प्रिय मलाई दिलको मन्दिर ,
बस्न आँखा भए हुन्छ त्यहीँ रमाईदिन सक्छु ..

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home