Tuesday, March 24, 2009

तिमी भए चाहिन्न अरु केही


यो बाटोले कहाँ लान्छ बताईदेऊन गोरी मलाई

मेरो सपनाको स्वर्ग पुरयाईदेउन परी मलाई


छ रे भन्छन कतै टाढा जीवन फुल्ने सुन्दर देश,

उडाएर संगै लैजाऊ त्यतै प्रेम-चरी मलाई


बाँच्न चाहन्छु तिमी भई हराउन चाहन्छु तिमीमा,

बिन्ती नशा- नशा बगाऊ जादु तुना गरी मलाई


कति टोलाऊ आकाश हेरी कति बोलाऊ भाका फेरी,

एक अंजुली माया देउन धरतीमा झरी मलाई


तिमी भेटू हर पाईला तिमी देखूँ हर दृश्य,

तिमी पाए चाहिन्न धन फूल सुनाखरी मलाई

नेपाली मन

नाता जोड्छु भन्नेले नेपाली मन लिईआउनु
पखालेर कुसंस्कार आफ्नै पन लिईआउनु

रंगिएको संसार सजाउने मुटु छैन,
उही सदा गाउँले जीवन लिईआउनु

झुल्किएन तारा-जून मेरो गगनमा,
कालो बादल हटाउन पवन लिईआउनु

मरिलानु के छ, बाँचुन्जेल रमाऔंला,
ल्याउछौ त कोशेली मिठो बचन लिईआउनु

Thursday, March 12, 2009

OH!! Stone-hearted ! YOU R NOT, WHAT YOU were.

किन -किन ढुंगा बन्यौ फूलको थुंगाजस्तो मान्छे
पहिरो हाली यो मनमा बग्यौ गंगाजस्तो मान्छे

फूलले हो की बसंतले, धनले हो की मायाले,
भन केले रसाउछ मन ओ ढुंगाजस्तो मान्छे

छितिज ताग्दै पर- पर , बादल झेल्दै कता कता,
कस्तो जीवन खोज्न उड्यौ चंगाजस्तो मान्छे

बेदनाले -आदर्शले, त्यागले हो की वियोगले,
कस्तो निर्जन बनिदियौ फूलको थुंगाजस्तो मान्छे ..