कति टालो थप्यौ बाबा थोत्रो टोपीमा
यो गजल सर्वप्रथम मेरो साथी महेश दाहाललाई समर्पण गर्न चाहन्छु । यो गजल तयार गर्दा उनी नै पृष्ठभूमीमा थिए । उनी आफुलाई माया गर्ने मान्छेहरु, आफू हुर्केको घर-आगन, आफ्नो गाउँ-परिबेश, प्यारो प्यारो देश छोडेर भर्खर आइपुगेकाले उनको मुहारमा केही वियोगका पिडाहरु र केही गम्भिर रहस्यहरू देख्न सक्थे म । साँच्चै भन्ने हो भने उनको त्यो पिडा गम्भिरता लाई ब्यङ्ग्य घोच्न गति-छाडेर लाग्ने काम मबाट प्रशस्त भए । गाडीमा सँग-संगै हुइकिदै गर्दा उनलाई मैले जिस्क्याएर सोधेथे, ' हिड्ने बेला तिम्रो सानूले के के भनिन् हँ'? सधैं जस्तै उनको उतर थियो ' ह्या।।।गिदी नगर्नुस् न' । जिस्क्याउदै उनलाई सोधेको यो प्रश्नले म आफैलाई पो चिसो लाग्यो । मेरा साथीहरू सोच्नोस् त बियोगिदै गर्दाको त्यो अन्तिम क्षणमा प्रियसीहरूले आफुलाई सम्हाल्न सके पिडा भरिएको बोलीले, नसके बिक्षिप्त मनै मनले यस्तै ( तल लेखिए जस्तै ) भन्दा होलान् । लौ आउनुहोस् यो गजल तिनै मायालू मनहरुलाई, तिनै प्रियसिहरूलाई , तिनै आफन्तहरूलाई समर्पण गरौ ।
वियोग र आसुँ टाढा प्रेमको समाज होस्
नकोर- तिमी नकोर सीमानाहरू प्रेमका
मीठा मीठा सपना सबै छुन पाएहुन्थ्यो
यो मनको खुसी सबै निमोठी
नपुछ्नु आमा यो मेरो आँसु आँफैलाई पुछ्नदेउ